काठमाडौं, फागुन १९। नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो ।
विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ ती संगठनहरूमा नयाँ नेतृत्वको तयारी थालिएको छ । यी भ्रातृ संगठनहरूलाई कांग्रेसको प्रभावशाली संगठनका रूपमा लिइन्छ ।
तरुण दलमा ४५ वर्ष र नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्थाअनुरूप नयाँ कार्यसमिति गठन गर्ने तयारी कांग्रेसको छ । राजधानी दैनिकबाट