काठमाडौं, १९ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विरोध गर्नेमा अमेरिकासहित नाटो देशहरु देखिए । युक्रेन नाटोमा आवद्ध हुन खोजेपछि रुसले उसमाथि दबाब बढाइरहेको थियो । सामरिक महत्वको क्रिमियामाथि सन् २०१४ मा हस्तक्षेप गरी नियन्त्रण बनाइसकेको थियो ।
नाटाको विस्तारलाई रुसले रुचाएको थिएन । शितयुद्धपछि कमजोर बनेको रुसले पूर्व सोभियत राज्यसहित पूर्वी यूरोपका पोल्यान्ड, हंगेरीलगायत नाटोमा आवद्ध भएपछि आफूमाथि सुरक्षा चुनौती बढेको बताइरहेको थियो । त्यसमाथि पूर्व सोभित राज्य युक्रेन नाटोमा आवद्ध हुन खोजेपछि रुस गम्भीर भयो ।
युक्रेन स्वतन्त्र हुँदा विश्वकै तेस्रो ठूलो परमाणु शक्ति थियो । स्वतन्त्र भएपछि सन् १९९४ मा परमाणु हतियार नष्ट गर्न वाध्य पारियो । रुसले युक्रेनले फेरि परमाणु हतियार प्राप्त गर्न खोजेको र त्यो आफ्नो सुरक्षाका लागि चुनौती बन्न सक्ने भनेको थियो । अमेरिकालगायत पश्चिमा देशहरु भने युक्रेनमा आफ्नो प्रभाव बढाइरहेका थिए ।
वास्तवमा युक्रेनको युद्धमा अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु अप्रत्यक्ष संलग्न भइसकेका छन् । उनीहरुले युक्रेनलाई हतियार दिइरहेका छन् । यो घटनाले विश्वमा परमाणु युद्धको खतरा बढिरहेको छ ।
अहिले रुस एकातर्फ र अमेरिकासहित पश्चिमा देशहरु अर्कोतर्फ देखिएका छन् । तर, विश्वका कतिपय शक्तिशाली देशहरु तटस्थ भूमिकामा देखिएका छन् ।
चीन रुससँग नजिक रहेपनि तटस्थ नै देखिएको छ । उसले युक्रेनमाथि रुसी हमलाको न समर्थन गरेको छ न विरोध । भारत पनि तटस्थ भूमिकामा छ । रुससँग उसको विशेष सम्बन्ध छ । यसकारण उसले रुसलाई चिढ्याउन चाहेको छैन । पाकिस्तान पनि तटस्थ भूमिकामा छ ।
दक्षिण अमेरिकाका शक्तिशाली देशहरु ब्राजिल र अर्जेन्टिना दुवैले तटस्थ भूमिका देखाइरहेका छन् । रुसको विरोध गर्न तयार भएका छैनन् ।
अफ्रिकाको शक्तिशाली मुलुक दक्षिण अफ्रिका पनि तटस्थ छ । उत्तर अमेरिकी मुलुक मेक्सिको पनि तटस्थ नै छ ।
दक्षिण एशियामा नेपालबाहेक सबै मुलुक तटस्थ देखिएका छन् । केही देश मौन छन् । नेपालले मात्र रुसी हमलाको विरोध गरेको छ । बदलिदो विश्व शक्ति सन्तुलनले बन्न सक्ने परिस्थितिका कारण धेरै देश सतर्क भएर पर्ख र हेर मा छन् ।
युक्रेनको युद्ध जितेर रुस झन् शक्तिशाली बनेमा अमेरिकालगायत पश्चिमा देशहरुलाई ठूलो झड्का लाग्न सक्छ । यूरोप अहिले निकै ठूलो संकटमा फस्दै गएको छ । त्यहाँको दैनिक जीवन कठिन र महङ्गो हुन थालेको छ । यसले विश्वको आर्थिक हब एशिया बन्न सक्ने सम्भावना पनि छ ।
अमेरिका र यूरोपबाट निर्भर अर्थतन्त्रहरुलाई धक्का लाग्न सक्छ । पश्चिमाहरुको आर्थिक सहयोग र साथको भर परेकाहरुलाई झड्का लाग्न सक्छ ।
यसकारण पनि भारत, पाकिस्तान, ब्राजिल, मेक्सिको, साउदी अरेबिया मात्र नभई अमेरिकाको नजिकको मित्र इजरायल पनि रुसको विरोध गर्न तयार देखिएनन् । उनीहरु रुसलाई चिढ्याएर दुरगामी नोक्शानीमा जान चाहिरहेका छैनन् । पर्ख र हेरमा छन् ।
तटस्थ देशहरु
चीन, भारत, ब्रजिल, अर्जेन्टिना, मेक्सिको, दक्षिण अफ्रिका, पाकिस्तान, साउदी अरेबिया, टर्की, इजरायल, अफगानिस्तान, श्रीलंकालगायत