Logo

सञ्चारमन्त्री कार्कीको दाबी : चुनावसम्म नै यो गठबन्धन कायम रहन्छ (भिडिओसहित)



काठमाडौं, १९ फागुन । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्नको लागि एमालेले जिम्मेवार भएर भूमिका खेल्नुपर्ने बताएका छन् । उनले संसद् सुचारु गर्नको लागि एमालेको शर्त मान्ने भन्दापनि आफूहरु लोकतन्त्रलाई सुदृढ बनाउन लागिपरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वर्तमान गठबन्धन चुनावसम्म नै कायम रहने दाबी गरे । उनले एमाले र आफूहरुबीच नै निर्वाचनमा प्रमुख प्रतिष्पर्धा हुने सुनाए ।

उनले गठबन्धनमा आवद्ध सबै दल लोकतन्त्र मजबुद बनाउन लागिपरेको र सोहीअनुसार भूमिका खेलेको पनि सुनाए । उनले आजको दिनमा सरकारमा आवद्ध सबै दलबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ रहेको सुनाए । उनले प्रचण्ड र माधव नेपालले अहिलेको परिस्थितिलाई मूल्यांकन गर्दै लिएको निर्णय स्वागतयोग्य रहेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्