Logo

पल शाहका घनिष्ठ मित्र दीपेश श्रेष्ठले भने–‘पल धेरै राम्रो मान्छे हो, सामाजिक मन भएको व्यक्तित्व हो’ (भिडिओसहित)



काठमाडौं, १९ फागुन । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका पल शाहका घनिष्ठ मित्र दीपेश श्रेष्ठले पल सामाजिक मन भएको व्यक्तित्व भएको भनेर प्रशंसा गरे । उनले पलले सबैलाई साथ दिने गरेको पनि स्मरण गरे । उनले पल शाह गलत व्यक्ति नभएको जिकिर गरे ।

उनले पलमाथि बलात्कारको आक्षेप लागेको तर यो पुष्टि भैनसकेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले उहाँमाथि आक्षेप लागेको हो नि, सम्मानित अदालतले फैसला गर्न बाँकी नै छ नि।’



प्रतिक्रिया दिनुहोस्