Logo

एमसीसीकै कारण हाम्रो पार्टी विभाजन हुँदैन् : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले एमसीसी संशोधन नगरिकन पास गर्न सकिँदैन भनेर लामो समयदेखि भनेको स्मरण गराए । आफूहरुमात्रै एमसीसी पास वा फेलको लागि निर्णायक शक्ति नभएको पनि उनले सुनाए ।

उनले आफ्नो पार्टीले एमसीसी पारित नगरेको जिकिर गरे । बरु, आफूहरुले यसलाई सच्याउनको लागि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संसद्बाट पास भएको व्याख्यात्मक घोषणा आफूहरुको अडान भएको पनि उनको दाबी छ । आफ्नो पार्टीका १४ जना सांसदहरुलाई कारबाही गर्नुपर्ने एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीको मागबारे एमालेकै पँक्ति पनि सन्तुष्ट नरहेको खतिवडाको टिप्पणी छ।

उनले एमसीसी पारित भएपछि तपाईँको पार्टी त विभाजनको मुखमा पुगेको हल्ला छ नि ? यसमा के सत्यता छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘एमसीसीकै कारण पार्टी विभाजन हुँदैन्, बरु छलफल होला ।’



प्रतिक्रिया दिनुहोस्