Logo

पूजा शर्माको कमाउने धन्दा !



काठमाडौं, १९ फागुन । नायिका पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा बेला बेलामा विवादमा आईरहने नाम हो । उनी आफ्नो चलचित्र चलाउनको लागि जस्तोसुकै हत्कण्डा मच्चाउन पनि पछि पर्दिनन् । कहिले बोलेकै भरमा उनी विवादमा पर्छिन् । कहिले प्रेम सम्बन्धको कारण । पछिल्लो समय उनी आफू अभिनित र निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ चलाउनको लागि दिलोज्यान दिएर लागेकी छिन् । चलचित्रका नायक पल शाह यतिवेला नाबालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा छन् ।

फिल्म रिलिज हुनु अघि नै पलविरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी परेको थियो । तर, पल भने चलचित्र प्रदर्शनमा आएपछि चार दिनसम्म फरार रहेका थिए । उनी पाँचौं दिनमात्रै तनहुँ प्रहरीको सम्पर्कमा पुगेका थिए । तर, यो बीचमा पूजाले भने फिल्म चलाउनकै लागि हलमा पुगेर पललाई सम्झिएर आफू भावुक भएको, उसलाई मिस गरेको छु भन्दै रुने कामपनि गरिन् । पूजा शर्मामाथि फ्यान खडा गर्ने र आफ्नो पक्षमा बोल्न लगाउने गरेको पनि संज्ञिन आरोप छ । फिल्म चलाउनकै लागि उनी रोएको पनि चर्चा छ।

एक नायिका र निर्माता भएको नाताले उनले आफ्नो फिल्म चलाउनको लागि गर्ने हत्कण्डा त सामान्य नै हो । तर, उनले नाबालिका बलात्कारमा पक्राउ परेका पल र अदालतमा मुद्दा चलिरहेकै बेलामा पल निर्दोष छ भन्दै राखेको विचारले पनि उनीमाथि वौद्धिक जगतले प्रश्न गरेको छ। कहिले टेलिभिजन अन्तर्वार्तामा अन्टसन्ट बोलेकोमा उनी विवादमा पर्छिन्, त कहिले त्यही विषयलाई कानूनी लडाईन लड्ने भन्दै मैदानमा उत्रिनेपनि गर्छिन् ।

अहिले पनि धेरैले पल शाहको बलात्कार प्रकरणमा उनले फिल्म चलाउनकै लागि यो तहसम्मको फण्डा गरेको आरोप छ । यो प्रकरणमा उनी सुरुदेखि नै जानकार छिन् । उनले नारी भएको कारण ती नाबालिकाको पक्षमा आफूलाई उभ्याउनुको साटो पलको पक्षमा उभ्याएर र पल निर्दोष भन्दै हिँडेर जग हसाएको पनि आरोप छ । यो बीचमा उनले पलको यो काण्ड मिलाउनको लागि पनि सक्रिय भूमिका खेलेको खुल्न आएको छ ।

ती नाबालिकालाई पलसँगै राखेर अन्तर्वार्ता गराउन उनकै मुख्य भूमिका रहेको भनिन्छ । अहिले अदालतमा यो मुद्दा विचाराधिन छ । तर, समाजका अगुवा भनिनेहरु नै अहिले आँफै अदालत बन्ने काम गरेका छन् । हिजो पूजा पललाई भेट्न तनहुँ प्रहरीमा पुगेकी थिईन् । त्यहाँ पनि उनले ठूलो ताण्डव देखाएको आरोप छ । पूजाले नाबालिका बलात्कारजस्तो अपराधको विषयमा पनि खुल्लमखुल्ला आरोपितको पक्षधरता लिएर बोल्नु शोभनीय नभएको कतिपयको टिप्पणी छ।

पूजामाथि भने पल शाहको यो प्रकरणलाई लिएर आफ्नो फिल्म चलाउनको लागि जे पनि बोल्ने गरेको र भिड जम्मा पारेको भन्ने आरोप पनि छ । कतिपयले यो प्रकरणमा पनि पूजाले ‘फिल्म चलाउने र कमाउनको लागि यो सबै अभिव्यक्ति दिने र रुनेधुने काम गरेको’ भन्ने गरेका छन् । यो विषय अब अदालत पुगिसकेकोले अदालतबाट हुने फैसलालाई सम्मान गर्नुको अर्को विकल्प छैन् । सस्तो लोकप्रियता हाँसिल गर्नको लागि जथाभावी बोल्न हुँदैन् भन्ने कुराको हेक्का सबैले राख्नुपर्छ ।

नाबालिकामाथि मनौवैज्ञानिक असर पर्ने खालका अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामार्फत दिनु गलत हो भन्ने सबैले बुझ्नुपर्छ । पल निर्दोश हो भने उनी रिहा हुन्छन्, होईन दोषी ठहरिए भने उनले कानूनअनुसारको सजाय भोग्नेछन् । यसमा मिडियावाजी गर्नु, र पक्ष र विपक्षमा भिड जम्मा गर्नु गलत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्