काठमाडौं, फागुन २० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो ।
११ हजार तीन सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा एक हजार तीन सय विद्यालयमा एक सय २४ केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार सम्पन्न बैठकमा सो जानकारी गराइएको थियो । बैठकमा यो वर्षको परीक्षामा चार लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदैछन् ।
परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै, सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउने आजको नेपाल समाचारपत्र दैनिमा खवर छ ।