Logo

एमसीसीबारे बाहिर कुरा लगेर नारायणकाजीले ब्लन्डर्ड गर्नुभयाे, बरु प्रचण्डकाे महाभूल भनेकाे भए हुन्थ्याे, राष्ट्रघात भन्दिनुभयाे: हरिबाेल गजुरेल



काठमाडौं, २० माघ । नेकपा (माअाेवादी केन्द्र) का नेता हरिबाेल गजुरेलले नारायणकाजी श्रेष्ठले एमसीसीबारे बाहिर कुरा लगेर ब्लन्डर्ड गरेकाे बताएका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेता गजुरेलले भने, “एमसीसीले पार्टीमा बहस र विचारमा छलफल भएकाे छ । नारायणकाजीले एमसीसीमा प्रचण्डकाे गम्भीर भूल भनेकाे भए हुन्थ्याे, त्रुटि भयाे, ठीक भएन भनेकाे भए हुन्थ्याे, राष्ट्रघाती नै भन्दिनुभयाे । पार्टी बाहिर नलैजानाेस् भन्दा उग्र राष्ट्रवादी बनेर प्रस्तुत हुनुभयाे । उहाँले पार्टीभित्र नीति, विधिकाे वकालत गर्नुहुन्छ तर आफैं पार्टी नीति र विधि ताेड्नुभयाे । नारायणकाजी चुक्नुभयाे ।”

एमसीसीमा प्रचण्डले लिएकाे निर्णय सही भएकाे उनले दाबी गरे । उनले भने, “विगतमा प्रचण्डले क्रान्तिकारी दबाबमा आएर धेरै अप्रिय निर्णय लिनुभयाे । यसपटक उहाँले ठीक निर्णय गरेकाे छ । यस पटक प्रचण्ड रुपान्तरित हुनुभएकाे हाे । १२ बुँदे व्याख्यात्मक घाेषणा नगरेकाे भए कांग्रेस र एमाले मिलेर जस्ताकाे तस्तै पास गर्थे । याे रुपान्तरणकाे स्वागत पाे गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्