Logo

शक्ति बस्नेतको प्रश्न : सभामुखलाई हटाउनुपर्ने कारण के छ ? (भिडिओसहित)



काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले एमसीसी पारित नभएको भए गठबन्धन भताभुंग हुनेथियो भन्ने टिप्पणी गरेका छन् । एमसीसी पारित भएकै कारण गठबन्धन बचेको उनको भनाई छ। उनले अब गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पनि दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गठबन्धनलाई सुदृढ बनाउनुपर्नेमा सबै नेता सजग रहेको सुनाए । उनले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने के कारण छ ? भन्दै प्रश्न गरे ।

उनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उठाएको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै यसबारेमा बोल्न नहुने बताए । उनले सभामुखले कानून र संविधानअनुसार काम गरेको जिकिर गरे । उनले अहिले कसैले पनि आफ्नो पार्टी विभाजन नगर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्