काठमाडौं, २० फागुन । सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
समितिले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले तयार गरिएको मस्यौंदा प्रतिवेदनमाथि छलफल भई पारित भएको समिति सचिव डा रोजनाथ पाण्डले जानकारी दिए ।
उहाँले भन्नुभयो, “बेरुजु फ्र्योट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ ।”
मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारालगाउन गरिएको प्रयास, वेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नपर्ने रकम, आर्थिकरूपले वितीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनुपर्ने कदमकासहितका सुझाव प्रतिवेदनमा समावेश छ । file photo