Logo

प्रचण्ड आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमालेको टाङमा त कहिले कांग्रेसको टाङमा छिरे : प्रकाण्ड (भिडिओसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्मा ‘प्रकाण्ड’ ले आफूहरुले आयोजना गरेको एमसीसी विरोधी सभामा जनताको उल्लेख्य सहभागिता रहेको दाबी गरेका छन् ।

उनले हिजोको खुल्लामञ्चको विरोधसभामा उत्साहजनक सहभागिता रहेको सुनाउँदै आफूहरु एमसीसी खारेज गराएरै छाड्ने दाबी गरे । उनले हिजोको सभामा १५ हजारभन्दा बढिको सहभागिता रहेको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसीविरोधी आन्दोलनमा जनताले आफूहरुलाई साथ दिने सुनाए । उनले एमसीसीको विरोध प्रत्येक गाउँ र टोलमा रहेको दाबी गरे । विश्वकर्माले आफ्नो पार्टीले देश र जनताको मुद्दा बोकेर हिँडिरहेको सुनाए।

अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमालेको टाङमा र कहिले कांग्रेसको टाङमा पुगेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्