Logo

कोन्करले रेल रेक कटौती गरेपछि निजी रेल सेवा प्रदायकमाथि दबाब



वीरगञ्ज, फागुन २२ । समुद्रपारबाट नेपालका लागि आएका कन्टेनर भारतीय बन्दरगाहमा थुप्रिन थालेपछि निजी रेल सेवा प्रदायकमाथि रेल रेक बढाउने दबाब बढेको छ ।

नेपालका लागि रेलमार्फत कन्टेनर ढुवानीमा भारतीय निजी कम्पनीको प्रवेशसँगै सरकारी स्वामित्वको भारतीय कन्टेनर निगम (कोन्कर)ले रेक कटौती गरेपछि अन्य कम्पनीलाई यस्तो दबाब बढेको हो ।

केही दिनअघि भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानीमा आबद्ध सेवा प्रदायकलाई रेक संख्या थप्न निर्देशन दिएको थियो ।

बोर्डले कोन्कर, प्रिस्टाइन मेगा लजिष्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चरलाई चाहिनेजति रेक उपलब्ध गराउन भनेको हो । पूर्वाधारका हिसाबले कोन्करको तुलनामा कमजोर मानिएका निजी सेवा प्रदायक रेक बढाउने प्रयासमा तल्लीन देखिएका छन् । आजको आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्