Logo

कहाँ जाँदै छ विप्रेषण?



काठमाडौं, फागुन २२। केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ ।

कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने प्रश्न उठ्न थालेपछि केन्द्रीय बैंक यस्तो निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ । यद्यपि यतिखेर विदेशमा रहेका नेपालीको आम्दानी नै घटेको हो वा नेपालमा विप्रेषण पठाउन कम गरेका हुन् भन्नेबारे यकिन अध्ययन भने भएको छैन ।

कतिपय विज्ञ पछिल्लो समयमा बढ्दै गएको क्रिप्टो करेन्सीमा नेपालीको चाख बढेको हो कि भन्नेसम्मको आंशका गर्छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्