Logo

चीनले भन्यो : ताइवानमा विदेशी हस्तक्षेप र पृथकताबादी गतिविधि अमान्य



ताइपेय, २२ फागुन : चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ ।

चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए । एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए ।

‘हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों । ’ उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटको दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ । ’ एजेन्सी



प्रतिक्रिया दिनुहोस्