Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउने तयारी



काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।
 
आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो ।
समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ । पछिल्लो समय सत्ता गठबन्धनमा जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढाउनेबारे छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग पारित गराउनको लागि नल्याईएको दाबी गरेको छ ।
 



प्रतिक्रिया दिनुहोस्