Logo

पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुशन्धान गर्न अदालतको अनुमति



काठमाडौं, २२ फागुन । जिल्ला अदालत तनहुँले नाबालिकामाथि बलात्कार गरेको अभियोग लागेका नायक पल भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले थप अनुशन्धानको लागि म्याद थपको लागि आग्रह गरेपछि अदालतले आज १२ दिन थुनामा राखेर अनुशन्धान गर्न समय दिएको हो । म्याद थप भएसँगै शाहसँग भोलिबाट फेरि अदालतमा बयान सुरु हुनेछ ।

जबरजस्ती करणी गरेको अभियोगमा नाबालिकाको तर्फबाट उनका बुवाले जोहरी दिएपछि शाह गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा पुगेर सरेण्डर गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्