Logo

नाबालिगको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ



काठमाडौं, २३ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
नाबालिगको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सेलेब नेपाल युट्युब च्यानलका सञ्चालक गुल्मी घर

भएका बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापा पक्राउ परेका हुन् ।

उनलाई हिजो आइतबार पक्राउ गरि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता नविन्द्र अर्यालले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्