Logo

उत्तर प्रदेशमा योगीको जादू चल्ने देखि पञ्जाबमा आम आदमी जित्ने अनुमान



एजेन्सी, २३ फागुन । भारतको ५ वटा राज्यहरुमा मतदान सकिएको छ । मतदान सकिएलगत्तै भारतीय सञ्चारमाध्यमले चुनावी आँकलन गर्न थालेका छन् ।

सीएनएन न्यूज १८ ले उत्तर प्रदेशमा भाजपाले भारी बहुमत ल्याउने अनुमान गरेको छ । उसले २६२ देखि २७७ सिट जित्ने अनुमान गरिएको छ ।

समाजवादी पार्टीले ११९ देखि १३४र बहुजन समाजवादी पार्टीले ७ देखि १५, कँग्रेस आईले ३ देखि ८ सिट जित्ने अनुमान गरिएको छ । केही मिडियाले भाजपाले ३०० सिट उत्तराखण्डको विधानसभामा कटाउने अनुमान गरेका छन् । यसरी उत्तर प्रदेशमा योगी आदित्यनाथको जादू चल्ने सम्भावना देखिएको छ ।

उत्तराखण्डमा पनि भाजपाको बहुमत आउने आँकलन गरिएको छ । भाजपाले ३७ सिट, कँग्रेस आईले ३१, आम आदमीले १ र अन्यले १ सिट जित्ने अनुमान गरिएको छ ।

टाइम्स अफ इन्डियाले पञ्जाबमा आम आदमीले बहुमत ल्याउने अनुमान गरेको छ । आम आदमीले ८३, कँग्रेस आईले २४, अकाली दलले ७, भाजपाले २ र अन्यले १ सिट जित्ने अनुमान गरेको छ ।

मणिपुरमा भाजपाले बहुमत ल्याउने एनडीटीभीको चुनावी अनुमान रहेको छ । गोवामा भने कसैको बहुमत नआउने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्