Logo

विद्यार्थी परिषदद्वारा एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्न सुझाव



काठमाडौं, २३ फागुन । विद्यार्थी परिषदद्वारा एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्न सुझाव प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेशमा नै राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नाम राख्नका लागि संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश गरेकाे हाे ।

विद्यार्थी परिषद्ले देश प्रदेश संरचनामा गए लगत्तै आफ्नाे प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशकाे नाम सगरमाथा राखेकाे थियोे । साेही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशकाे नामबाट आफ्नाे कार्य गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्