Logo

प्राज्ञिककाे त्रिवि इकाई समिति पुनरगठन, संयाेजकमा सुरेन्द्र भट्टराई



काठमाडौं, २३ फागुन । सुरेन्द्र प्रसाद भट्टराईकाे संयाेजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुन: गठन भएको छ । साेमबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय पुस्तकालयमा आयाेजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईकाे संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय कार्यसमिति गठन गरेकाे छ । समितिमा त्रिवि संयाेजक सुरेन्द्र प्रसाद भट्टराई , सह-संयाेजक सुनिल पाण्डेय, सचिव अभिमन्यु पाैडेल, छात्रा प्रमुख निशा ढकाल, मिडिया प्रमुख देवराज महर्जन , कला तथा साहित्य प्रमुखमा टाेपेन्द्र चलाउने लगायत २७ सदस्य कार्यसमिति गठन गरिएको विद्यार्थी परिषद्ले जनाएकाे छ ।

राजनीति दल भन्दा माथि रहेर कार्य गर्दै आईरहेकाे विद्यार्थी परिषद्ले विश्वविद्यालयमा विभिन्न रचनात्मक , संगठनात्मक कार्यक्रमहरू शैक्षिक बहस, सेमिनार, गाेष्टि, अध्ययनका लागि सहयोगि कक्षाहरू, अन्य सामाजिक कार्यहरूकाे साथै दलिय भागबन्डा र राजनीतिक हस्तक्षेपबाट मुक्त पार्नका लागि विश्वविद्यालयमा खवरदारी गर्दै आईरहेकाे छ ।

अभ्यास वर्ग कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रासद ढकाल, केन्द्रीय विशेष आमन्त्रित सदस्य एवम् त्रि. वि. व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. रामजी गौतम,विशेष अतिथि त्रि. वि. सामाजिक कार्य विभागका विभागीय प्रमुख लक्ष्मण सुवेदी, परिषदका राष्ट्रिय सचिव नारायण तिमिल्सिना, त्रि. वि. इकाई समिति संयोजक बालबिक्रम राना, त्रि. वि .इकाई समिति सह संयोजक शोभा तिमिल्सिना लगायत विश्वविद्यालयकाे केन्द्रीय विभागकाे विभिन्न संकायमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूको उल्लेख्य रूपमा उपस्थितिमा रहेकाे परिषद्ले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्