Logo

यी हुन् विश्वका सबैभन्दा धनी १० महिला (सूचीसहित)



एजेन्सी, २४ फागुन । अघिल्ला वर्षका तुलनामा अर्बपतिको सूचीमा महिलाहरुको संख्या निरन्तर बढिरहेको छ । अरबौंको व्यापार तथा आम्दानी गरेर महिलाहरुले रोजगारी पनि सृजना गरिरहेका छन् ।

फोर्बसको अर्बपतिको सूचीमा रहेका कतिपय महिलाहरु १०० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पनि परेका छन् । उनीहरुको सँसारको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा बलियो प्रभाव रहने गरेको छ ।

१. फ्रान्कोसी बेटेनकोर्ट मियर्सः फ्रान्सकी मियर्सको कुल सम्पत्रि ८२ अर्ब रहेको उल्लेख छ । उनी विश्वकै सबैभन्दा धनाढ्य हुन् । उनकी आमा लिलियन बेटेनकोर्ट मृत्यु हुनुअघि सम्म सँसारकै धनाढ्य थिइन् । ६९ वर्षीया मियर्सको लोरेल कम्पनी छ ।

२. एलिस वालटनः अमेरिकाकी एलिस वाल्टनको कुल सम्पत्ति ६६ अर्ब डलर छ । उनी वालमर्टका संस्थापक साम वाल्टनका एकमात्र छोरी हुन् । ७३ वर्षीया वाल्टनको वाल मार्टले अरकानसासमा संग्राहालय पनि खोलेकी छिन् ।

३. म्याककेन्जी स्कटः अमेरिकाकी उपन्यासकार तथा समाजसेवी हुन् स्कट । ५२ वर्षकी उनको कुल सम्पत्ति ६० अर्ब डलर छ । एमेजनका प्रमुख तथा विश्वका धनाढ्य जेफ बेजोससँग विवाह गरी पारपाचुके गर्दा प्राप्त सम्पत्तिले उनलाई विश्वको अर्बपतिको सूचीमा पुर्याएको हो ।

४. जुलिया कोचः जुलिया कोचको कुल सम्पत्ति ६२ अर्ब डलर रहेको छ । ६० वर्षकी उनी समाजसेवामा बढी सक्रिय छिन् ।

५. याङ हुइयानः चीनकी याङको कुल सम्पत्ति ३३ अर्ब डलर छ । ४१ वर्षकी उनी चीनको सबैभन्दा धनी महिला हुन् । उनको घरजग्गा व्यवसाय छ । उनी २५ वर्षकै उमेरमा चीनको धनाढ्य मध्यमा थिइन् ।

६. ज्याकलिन मार्सः अमेरिकाकी ज्याकलिनको कुल सम्पत्ति साँढे ४४ अर्ब डलर छ । ८३ वर्षीया उनी मार्स कम्पनीकी उत्तराधिकारी हुन् । उनी समाजसेवामा सक्रिय छिन् ।

७. सुसान क्लाट्टेनः जर्मनीकी सुसानको कुल सम्पत्ति साँढे साँढे २९ अर्ब डलर छ । उनी विश्व चर्चित कारहरु बिएमडब्लु, मिनि कपर मार्कु र रोल्स रोइस ब्रान्डकी मालिक हुन् । ६० वर्षकी सुसानले विज्ञापन कम्पनीमा समेत काम गरेकी थिइन् ।

८. फान हङवीः हेङली पेट्रोकेमिकलकी मालिक उनको कुल सम्पत्ति १५ अर्ब ७० करोड डलर छ । उनी आफ्नै परिश्रमबाट बनेकी महिला हुन् । चीनकी फानको सम्पत्ति बढ्दो छ ।

९. इरिस फोन्टबोनाः चिलीकी इरिसको कुल सम्पत्ति साँढे १४ अर्ब डलर रहेको छ । ८० वर्षीया इरिसलाई चिलीको खनिजकी रानी भनिन्छ । तामाखानी कम्पनी चलाएर उनले ठूलो धनराशी आर्जन गरेकी छिन् । उनको बैंक, रक्सी र जहाज कम्पनीमा पनि लगानी छ । उनले अपाङ्ग बालबालिकाका लागि वार्षिक ४ करोड दान गर्दै आएकी छिन् ।

१०. लाउरेन पवेल जब्सः अमेरिकाकी जब्सको कुल सम्पत्ति साँढे २० अर्ब डलर रहेको उल्लेख छ । उनी एपलका संस्थापक स्टेभ जब्सकी पत्नी हुन् । ५९ वर्षीया उनी समाजसेवामा सक्रिय छिन् ।-वुमन इन द र्वल्डबाट



प्रतिक्रिया दिनुहोस्