एजेन्सी, २५ फागुन । ‘गंगुबाई काठियावाडी’ फेम आलिया भट्ट भारतमा नभई बाहिर जन्मिएकी हुन् । लन्डनमा जन्मेकी आलियासँग पनि आमा जस्तै बेलायती नागरिकता छ । बलिउड उद्योगमा भारत बाहिर जन्मिएका अन्य धेरै स्टार छन् ।
जानौं यी सेलिब्रेटीहरूका बारेमाः–
दीपिका पादुकोणः दीपिका पादुकोणको जन्म डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । रिपोर्टका अनुसार अभिनेत्रीका बुबा त्यतिबेला बृहत प्रशिक्षण कार्यक्रमका कारण डेनिस शहरमा बस्थे ।
सारा जेनःसारा जेनको जन्म ओमानको मस्कटमा भएको थियो। सारा सन् २००७ मा फेमिना मिस इन्डिया थिइन् । सारा ‘गेम’ र ‘क्या सुपर कूल हैं हम’ जस्ता फिल्ममा देखिइसकेकी छिन् ।
इमरान खानः इमरान खानको जन्म अमेरिकाको विस्कन्सिन राज्यको राजधानी म्याडिसनमा भएको थियो । रिपोर्टका अनुसार इमरान आफ्ना आमाबुवाको सम्बन्धविच्छेदपछि मुम्बई फर्केका थिए । इमरान बलिउड अभिनेता आमिर खानका भतिजा हुन् । ‘जाने तू या जाने ना’ बाट चर्चामा आएका कलाकारले धेरै फिल्ममा काम गरिसकेका छन् ।
आलिया भट्टः बलिउड अभिनेत्री आलिया भट्टको जन्म बेलायतको लण्डनमा भएको थियो । आलियाले ‘राजी’ र ‘हाइवे’ जस्ता धेरै हिट फिल्म दिएकी छिन् ।
कट्रिना कैफः कट्रिना कैफको जन्म सन् १९८३ मा बेलायती हङकङमा भएको थियो, त्यसबेला हङकङमा बेलायती शासन थियो । त्यसैले अभिनेत्रीसँग बेलायती नागरिकता छ । कट्रिनाका आमाबुवा पनि बेलायती नागरिक हुन्, उनका बुबा कश्मीरका हुन् ।
एमी ज्याक्सनः बलिउडमा आउनुअघि एमी ज्याक्सन बेलायती मोडल थिइन् र उनको जन्म पनि बेलायतमा भएको थियो ।
मोनिका डोगराः संगीतकार तथा अभिनेत्री मोनिका डोग्राको जन्म पनि अमेरिकामा भएको थियो । उनको सबैभन्दा ठूलो बलिउड हिट आमिर खान अभिनीत ’धोबी घाट’ थियो। घद्ध वर्षीया अभिनेत्रीको जन्म बाल्टिमोर, मेरील्याण्डमा भएको थियो।
सन्नी लियोनीः बलिउड अभिनेत्री सन्नी लियोनीको जन्म क्यानडामा भएको थियो । बलिउड उद्योगमा करियर सुरु गर्नुअघि सन्नी क्यानेडियन मोडल थिइन् ।