काठमाडौं, २५ फागुन। नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीमगरले आफ्नो पार्टीले अब महिला समानताको लागि कुनै कसर बाँकी नराख्ने बताएकी छिन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हरेक तहमा महिलाहरुको उपस्थिति हुने विश्वास दिलाईन् । उनले अहिले ३५ प्रतिशत महिलाहरुलाई नेतृत्वमा ल्याईएको पनि दाबी गरिन्।
उनले अध्यक्ष पुष्पकमल दाहालले धेरै नै ठूलो दुःख गरेर अहिलेको केन्द्रीय कमिटीलाई पूर्णता दिएको सुनाईन् । उनले यसमा अध्यक्ष प्रचण्डलाई धन्यवादसमेत दिईन् । उनले संविधान कार्यान्वयनमा सबै दल प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिईन् । उनले स्वयम महिलाहरु आँफै नेतृत्वमा आउनुपर्ने बताईन् ।