दाङ, २५ फागुन । दाङमा आज बिहानबाट अवरुद्ध भएको पुर्व–पश्चिम राजमार्ग सञ्चालन भएको छ । दाङमा मंगलबार राति सवारी दुर्घटनापछि फरार भएका चालकलाई पक्राउ गर्न माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको थियो ।
वडा प्रहरी कार्यालय लमहीमा भएको छलफल र कार चालक पक्राउ परेपछि अवरुद्ध राजमार्ग खुलाईएको हो । लमही नगरपालिका–३ वनगाउँ स्थित मंगलबार राति १० बजे कार र मोटरसाइकल एक आपसमा ठोक्किएर मोटरसाइकल चालक ३० वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ गर्न माग गदै मृतकका आफन्तहरु आज बिहानैदेखि भालुवाङ बजारमा सडक अबरुद्ध गरिरहेका छन् ।