Logo

आज नेप्से ३० अंकले घट्यो, २ अर्बको कारोबार



काठमाडौं, २५ फागुन । साताको कारोबारको चौथो दिन आज नेप्सेमा ३० अंकको गिरावट आएको छ । नेप्से आज ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ४६ अंकले घटेर ४८७ दशमलव ७ विन्दुमा रोकिएको छ ।

आज नेप्से २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्