Logo

युक्रेनमा स्थायी रूपमै बसेका बाहेक लगभग सबै नेपालीको उद्वार



काठमाडौं, फागुन २६ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।

युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेका छन् ।

उनको अनुसार युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका छन् । तीमध्ये ४ सय ६६ जना पोल्यान्ड, ७८ जना स्लोभाकिया, २८ जना रोमानियामा र ८ जना हंगेरी पुगिसकेका छन् । ९ जना भने नेपाल फर्किसकेका छन् । नेपाल फर्केकाहरूमध्ये ५ जना आफ्नै खर्चमा र ३ जना भारत सरकारको सहयोगमा इन्डियन एयरलाइन्सबाट फर्केको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्