Logo

निमित्त झिक्न र दरबन्दी अनुसार पद मिलाउन निर्देशन



काठमाडौं, फागुन २६ । निमित्तको भरमा चलेका स्थानीय तहमा चैत १५ सम्म निमित्त झिक्न र दरबन्दी अनुसार पद मिलाउन गर्न निर्वाचन आयोगले स्थानीय तहलाई ताकेता गरेको छ। स्थानीय तहको चुनावको बेलामा पनि झण्डै एक तिहाइ स्थानीय तह निमित्तको भरमा चल्ने अवस्था आएका पछि यसमा निर्वाचन आयोगले चासो देखएको हो।

चुनावमा सहजीकरण गर्नकोलागि दरबन्दी अनुसार पद मिलाउन गर्न आयोगले सरकारलाई निर्देशन दिएको आयोगका सचिव गोकर्णमनि दुवाडीले बताए। ‘हामीले दरबन्दी अनुसार पद मिलान गर्न सरकारलाई निर्देशन दिएका हौ। यसबाट चुनावमा सहजीकरण हुनेछ,’ उनले भने।

अहिले देशभर २ सय १३ स्थानीय तह निमित्तको भरमा चलेका छन्। त्यसमा पनि ११ मध्ये ५ वटा उपमहागनर पालिका नै निमित्तको भरमा चलेका छन्।

आयोगले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमार्फत संघीय मामिला मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेमा उपमहाननगरपालिकामा सहसचिवको दरबन्दी राखिएको छ। तर त्यहाँ उपसचिव या शाखा अधिकृतलाई निमित्त दिएर चलाइएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्