Logo

संखुवासभामा यात्रुबाहक बस दुर्घटना : घाईतेहरुको उद्धारको लागि हेलिकोप्टर पठाउन गृहमन्त्री खाँणको निर्देशन



काठमाडौं, २६ फागुन । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । दुर्घटनामा परी १४ जनाको निधन भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्