Logo

विदेशबाट नेपाल आउनेले खोप प्रमाणपत्र देखाए पुग्ने



काठमाडौं, २६ पौष । हवाई वा स्थल मार्गबाट विदेशबाट नेपाल आउनेले खोप कार्ड देखाए पुग्ने भएको छ । कुनैपनि यात्रीले कोभिड १९ विरुद्धको पूर्ण खोप प्रमाणपत्र देखाउन नसके मात्र पीसीआर रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ । अध्यागमन विभागले आज सूचना जारी गरी यसअघिको सूचनाहरु खारेज गरिएको जनाएको छ ।

विभागका निर्देशक मुकेश कुमार केशरीद्वारा जारी सूचनामा पीसीआर नेगेटिभ रिपोर्ट पूर्ण खोपकार्ड नभएकाको हकमा मात्र आवश्यक पर्ने उल्लेख छ । त्यस्तो रिपोर्ट ७२ घन्टाभित्रको हुनुपर्ने छ ।

यसअघि नेपाल प्रवेश गर्ने यात्रुका लागि खोपकार्ड र पीसीआर रिपोर्ट दुवै अनिवार्य थियो । अब खोपकार्ड देखाए पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्