काठमाडौं, २७ फागुन । बञ्चरे डाँडाका स्थानीयहरुको समस्या समाधान गर्न र्यापिङ एक्सन ‘टास्क फोर्स’ गठन गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बञ्चरेडाँडा ल्याण्डफिल साइडमा लामो समयदेखि हुँदै आएका समस्याको समाधान गर्न टास्क फोर्स गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।
उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल साइडमा देखिएका समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न टास्क फोर्स गठन गर्ने सरकारले निर्णय गरेको हो ।
पटक–पटक सिसडोलबासीहरु विभिन्न माग राख्दै फोहोर व्यवस्थापनमा विरोध जनाउँदै आएका छन् ।