Logo

सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपालपे क्युआर बीच सहकार्य



काठमाडौं, २७ फागुन । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक NEPALPAY QR समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब NEPALPAY QR बाट सजिलै त्तच् स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले NEPALPAY QR आधारित कारोबारका लागि  NCHL सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्