Logo

सात महिनामा देशबाट ११ खर्ब ४७ अर्ब जाँदा १ खर्ब ३१ करोड आयो



काठमाडौं, २७ फागुन । देशमा आयातभन्दा निर्यात ९ गुणाले बढी रहँदा व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको पहिलो सात महिना साउनदेखि माघसम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

उक्त सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड आयातमा खर्च भएको छ । यो अवधिमा १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा व्यापार घाटा १० अर्बभन्दा बढी देखिएको छ । यद्यपि, निर्यातमा ८८.३ प्रतिशतले वृद्धि भएको छ ।

आयातमा व्यापक वृद्धि भएको छ । चीनबाट ४२.३ प्रतिशत, भारतबाट ३०.९ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशत आयातमा वृद्धि भएको छ ।
पेट्रोलियम पद्धार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पाटपूर्जाको आयात बढेको छ । सिमेन्टको आयात घटेको छ ।

यसैगरी राष्ट्र बैंकले पुसमा ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिती बढेर ११ खर्ब ७३ करोडमा पुगेको जनाएको छ । आयातमा कडाई गरेपछि रेमिटेन्स घट्दा समेत सञ्चिती एक महिनाबीच ७ अर्ब २२ करोड रुपैयाँले बढेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्