Logo

प्रकाश सपुतको ‘पीर’ सार्वजनिक भएसँगै यूट्युवबाट हटाउन चेतावनी



काठमाडौं, २८ फागुन । चर्चित गायक प्रकाश सपुतको ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै विवादमा मुछिएको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामा आधारित गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले युट्युबबाट नै हटाउन चेतावनी दिएका हुन् ।

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह लगायतले गीतको विरोध जनाएका हुन् ।

अध्यक्ष सिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् । उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।
गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै विरोध माओवादीका नेताहरुले विरोध जनाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्