काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
अहिले नेमकिपाका सांसद प्रेम सुवालले बोलिरहेका छन् ।
उनले एमसीसी पारित भएपछि सरकार एकदमै निरीह भएको टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने नाराबाजी गरिरहेका छन् । एमालेले विगत लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।