Logo

शेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्बमा सिमित कारोबार



काठमाडौं, ३० फागुन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक आज ० दशमलव १५ अंकले बढेर २६ सय ६८ दशमलव ११ विन्दु कायम भएको हो ।

सोमबार शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०५ अंकले घटेर ५०९ दशमलव ८५ विन्दुमा रोकिएको हो ।

आज २२० कम्पनीको १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपैयाँ बराबरको २३ लाख ४९ हजार १० कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्