काठमाडौं, ३० फागुन । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो आह्वान गरेको हो । १० दिनभित्र श्रेष्ठविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेको समितिका एक सदस्यले बताए ।