काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकालीमा भारतले नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको भन्दै चेतावनी दिएको छ । उनले तटबन्ध निर्माण तत्काल रोक्न चेतावनी दिएको हो ।
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्तिमार्फत् भारतीय सिमाना भन्दा १० मिटर नेपाली भूभागलाई मिचेर तटबन्द निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विप्लवले सरकारलाई कूटनीति र राजनीतिक पहल गरेर अतिक्रमण रोक्न मागगरेकोछ ।
प्रकाण्डले यसविरुद्ध प्रतिरोध संघर्ष सशक्त पार्न दार्चुलावासीलाई अपिल समेत गरेका छन् ।