Logo

प्रकाश सपुतको गीतलाई लिएर नारायण दाहालको यस्तो टिप्पणी : जनयुद्धप्रति वितृष्णा पैदा गर्न खोजियो (भिडिओसहित)



काठमाडौैं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणप्रसाद दाहालले प्रकाश सपुतको नयाँ गीतको भिडिओ अहिले बहसको विषय बनेको बताएका छन् । उनले भिडिओमा जनयुद्धप्रति भन्दापनि महिलाहरुप्रति अपमान भएको आफुहरुलाई परेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘महिलाहरुमाथि एक ढंगको आक्रमण भयो भन्ने चिन्ता हो । प्रकाश सपुत आँफै यो देशको उत्पीडित जातिभित्र पर्ने मान्छे हो । उत्पीडनको विरुद्ध माओवादी जनयुद्ध त भएको हो नि । जनयुद्धको उपलब्धि त ठूलो छ नि ।’ दाहालले जनयुद्धप्रति वितृष्णा पैदा गर्न खोजिएको गुनासो पोखे ।

उता, पूर्वमन्त्री विश्वेन्द्र पासवानले गीतलाई लिएर यत्रो हल्लाखल्ला गर्नु नै गलत भएको सुनाए । उनले गीतको भिडिओबारे अहिले चर्चाको विषय बनाईनु नै गलत रहेको टिप्पणी गरे । उनले प्रचण्ड र जनयुद्ध आँफैमा गर्विलो ईतिहास र वर्तमान रहेको सुनाए । जनयुद्धका घाईतेहरुलाई प्रचण्डले सही तवरले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले यो मुलुकमा अब अर्को जनयुद्ध पनि हुन नसक्ने र प्रचण्ड पनि अर्को नजन्मिने बताए ।



प्रतिक्रिया दिनुहोस्