काठमाडौं, १ चैत्र । गायक प्रकाश सपुतको निर्देशन तथा परिकल्पना रहेको ‘पिर’गीत विवादमा परेसँगै धेरैले गीतको विषयमा अभिव्यक्ति दिएका छन् ।
यसैक्रममा कलाकार दीपकराज गिरीले पनि गीत बन्द गर्न दबाब दिनु गलत भएको धारणा राखेका छन् । सामाजिक सञ्जालमार्फत उनले सबै पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक भएको समेत उल्लेख गरेका छन् ।
सबै दलका मान्छेले पार्टीमा त्यस्तो अवस्था छैन् भनेर ठोकुवा गर्न सक्छ ? भन्दै उनले प्रश्न पनि तेर्साएका छन् । उनैको विचारबाट आएको संविधानमा टेकेर राजनीति गर्ने र सत्तोसराप पनि उसैलाई गर्न नमिल्ने समेत उनले तर्क गरेका छन् ।