Logo

‘जीवन चाहेको भए आत्मसमर्पण गर्न’ भन्दै युक्रेनका राष्ट्रपतिले दिए रुसी सैनिकलाई चेतावनी



एजेन्सी, १ चैत्र । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले रुसी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले टेलिभिजन सन्देशमार्फत् रुसी सैनिकले ठूलो क्षति भोगिसकेको दाबी गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

रुसले युक्रेनमा चेचेन्यामा भन्दा बढी क्षति भोगिसकेको जेलेन्स्कीको दाबी छ । रुसी सैनिकले केही लाभ लिन नसक्ने बुझिसकेको उनको भनाई छ ।

आत्मसपर्मण गर्नेलाई सर्वसाधारण जनतालाई जस्तै सामान्य व्यवहार गर्ने बताउँदै जिलेन्स्कीले भने,‘मलाई थाहा छ तिमीहरु बाँच्न चाहन्छौं ।’

यसैगरी पोल्यान्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरु युक्रेनको राजधानी किभ पुग्ने बताइएको छ । उनीहरुले जेलेन्स्कीलाई भेट्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्