Logo

प्रि–ओपन सेसनमा २.६० अंकले बढ्यो नेप्से



काठमाडौ, २ चैत । साताको कारोबारको चौथो दिन बुधवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ दशलमव ६० अंकले बढेको छ ।

उक्त अवधिमा नेप्से परिसूचक २ हजार ६५३ दशलमव ५७ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका १३ ओटा कम्पनीको ८४० कित्ता शेयर रू. ४ लाख ४१ हजारमा खरीदविक्री भएको छ । प्रि–ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने मितेरी डेभलपमेन्ट बैंकको भएको छ ।

मंगलवार नेप्से परिसूचक १७ दशमलव १५ अंक घटेर २ हजार ६५० दशलमव ९७ विन्दुमा झरेको थियो । त्यसैगरी उक्त कारोबार दिन कुल रू. ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।



प्रतिक्रिया दिनुहोस्