काठमाडौं, २ चैत्र । नेकपा (एमाले) ले स्थानीय चुनावलाई लक्षित गरेर छलफल सुरु गरेको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव केन्द्रित विभिन्न निर्णय गरेलगत्तै एमालेले स्थानीय चुनावको घोषणापत्र तयारीका लागि कार्यशाला आयोजना गरेको धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले जनाए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहका छाता संगठनका नेताहरूसहित बुधबार घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउनेगरि छलफल सुरु गरेको छ ।