काठमाडौं, २ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ।
आज (बुधबार) संसद् भवन, नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गर्नेगरि अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने प्रमुख सचेतक विशाल भट्टराईले जनाए ।
दलका नेता ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको उनले जनाए ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने,‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ ‘तपाइँहरु पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने पनि उनले स्पष्ट पारे ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/274772494830385
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम