Logo

पुटिनले भनेः पश्चिमाको टुटेको महत्वाकांक्षाको मूल्य सँसारले चुकाउनुपरेको छ



एजेन्सी, ३ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरुको विश्वभर प्रभाव जमाउने महत्वाकांक्षा टुट्न थालेकाले सँसारले नै मूल्य चुकाउनु परेको बताएका छन् । उनले बुधबार साँझ पश्चिमाहरुले महत्वाकांक्षा टुट्न थालेपछि युक्रेनमाथि अस्थिरता मच्चाएर सँसारका अन्य भागमा संकट ल्याउन खोजेको आरोप समेत लगाए ।

अमेरिका, बेलायतलगायत देशहरुतर्फ संकेत गर्दै पुटिनले भने, ‘आज पश्चिमाहरुको जसरी पनि प्रभाव जमाउने महत्वाकांक्षा टुट्न थालेकाले सिंगो ग्रहले मूल्य चुकाउनुपरेको छ ।’ युक्रेनमा पश्चिमाहरुको नियोजित उद्देश्य र फाइदाको उद्देश्य रहेको भन्दै पछिल्लो परिस्थितमा उनीहरुको वर्षौंको गल्ती र तत्कालको निर्णयको परिणम भएको टिप्पणी गरे ।

रुसमाथिको प्रतिबन्धले पश्चिमा देशका सामान्य जनतामो नकारात्मक असरहरु परिरहेको भन्दै त्यसको दोष त्यहाँको अभिजात्य वर्गले रुसलाई लगाएको टिप्पणी गरे । उनले नाजीको शैलीमा कार्य गरिरहेको आरोप समेत लगाए ।

युक्रेनमाथिको आक्रमणको औचित्य पुष्टि गर्ने गरी बोलेका पुटिनले क्रिमियामाथि बल प्रयोगको योजना बनाएको आरोप लगाए । रुसी अल्पसंख्यक सर्वसाधारणमाथि अत्याचार गरिएको विषय पनि उठाए ।

युक्रेनले विनाशकारी हतियारहरु प्राप्त गर्ने प्रयासहरु गरिरहेको समेत आरोप लगाए । उनले युक्रेनको बायोल्याबमा विनाशकारी हतियारको विकास भइरहेको आरोप लगाएका थिए ।-Photo Source: Agency

 



प्रतिक्रिया दिनुहोस्