Logo

अफगानिस्तानलाई भारतले अहिलेसम्म ८ हजार मेट्रिकटन गहुँ पठायो



एजेन्सी, ३ चैत्र । अफगानिस्तानमा खाद्य संकटका कारण अन्तर्राष्ट्रिय सहयोग चलिरहेको छ । भारतले पनि उसलाई गुहँ पठाइरहेको छ ।

भारतले अफगानिस्तानलाई चारपटक गरी ८ हजार मेट्रिकटन गहुँ पठाइसकेको छ । भारतले यसै हप्ता स्थलमार्गबाट गहुँ सहयोग पठाएको जनाइएको छ ।

पाकिस्तानको मार्ग हुँदै गहुँ बोकेका भारतीय ट्रक अफगानिस्तान चौंथोपटक गएका छन् । यसअघि प्रस्थान गरेका ट्रकहरु मध्ये पहिलो र दोस्रो पटक गएकाहरु अफगानिस्तान पुगेको जनाइएको छ । तेस्रो र चौंथो पटक प्रस्थान गरेकाहरु अफगानिस्तानतर्फ गइरहेको उल्लेख छ ।

भारतले पाकिस्तानलाई ५० हजार मेट्रिकटन गहुँ सहयोग गर्ने घोषणा गरेको थियो । तालिवानको शासनपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्