Logo

अभियन्ता राजलवट विहानैदेखि गुर्जो चियाको सेवामा



काठमाडौं, ५ चैत्र । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवट विहानैदेखि गुर्जोको चिया सेवामा सक्रिय भएका छन् ।

आज (शनिबार) उनले गट्ठाघर, भृकुटीमण्डप, बाग्मती सफाई र गोदावरी सरसफाई अभियानमा जुटेकाहरुलाई गुर्जोको चिया सेवा गरेका थिए ।

पछिल्लो समय राजलवटले गुर्जोको उपयोगिताको बारेमा प्रकाश पार्ने र आँफैले तयार पारेको गुर्जोको चिया प्याकेट र धुलो औषधी पनि वितरण गर्दै आएका छन् ।

गुर्जो सेवनकर्ताबाट उनले सकारात्मक प्रतिक्रिया पनि पाउने गरेका छन्।

उनलाई यो अभियानमा परिवारका सबै सदस्यहरुले साथ दिएका छन् ।

विशेषगरि बहिनी अञ्जु प्रधान र ज्वाईँ राजेशले सक्रिय भूमिका खेलेका छन् ।

उता, दाई रमेशबहादुर राजलवट पनि उक्त अभियानमा सेवा भाव लिएर लागिपरेका छन् ।



प्रतिक्रिया दिनुहोस्