Logo

इन्जिनियर्स एसोसिएशनः मधेस प्रदेशको अध्यक्षमा पण्डित



जनकपुर, ५ चैत । नेपाल इन्जिनियर्स एसोसिएशन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार रामकिशोर यादवलाई ५२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा पण्डित निर्वाचित भएका हुन् । पण्डितले ४०३ मत प्राप्त गर्नुभएको छ भने यादवले ३५१ मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा कार्तिकेश झा ३२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिव पदमा रामनारायण यादव ३७५, सहसचिवमा रामेश्वर यादव ४२६ र कोषाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सदस्यहरूमा नेहा कर्ण, छितेशकुमार यादव, अञ्चली ठाकुर, प्रवीणकुमार यादव, रविकुमार साह, प्रियांसुकुमार गुप्ता, सुमी मिश्रा, रीताकुमारी यादव, दीपककुमार मण्डल र बिनिताकुमारी यादव निर्वाचित भएको समितिले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा सञ्जयकुमार यादव निर्वाचित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्