Logo

टेलिकम उपकरण तस्करीमा दोषी चिनियाँ नागरिकलाई इथियोपियामा ९ वर्षको जेल सजाय



एजेन्सी, ५ चैत्र । इथियोपियाको अदालतले एकजना चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय सुनाएको छ । ती चिनियाँ नागरिकमाथि अति सेन्सर गरिएको सूचना प्रविधिको तस्करीको आरोप लागेको थियो ।

ली नायोङ नामका ती चिनियाँलाई बोल अन्तर्राष्ट्रिय एयरपोर्टमा गत वर्ष पक्राउ गरिएको थियो । उनले आफूलाई बचाऊका लागि प्रयास गरेपनि अदालतले दोषी ठहर गरिदिएको छ ।

इथियोपियाको कानून मन्त्रालयले टेलिकम उपकरणको तस्करी र गैरकानूनी गतिविधिमा विदेशी नागरिकलाई ९ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरेको छ । ती चिनियाँ इथियोपियाको अनुमति विना सेन्सर गरिएका टेलिकम उपकरण बोकेर बोल एयरपोर्ट पुगेको सुडान पोष्टले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्