Logo

युक्रेनद्वारा रुससामु आत्मसमर्पण अस्वीकार, युद्ध खतरनाक मोडतर्फ



एजेन्सी, ७ चैत्र । युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार गरेको छ । रुसले मारियोपोलमा हतियार राख्न मस्कोको समय अनुसार आज विहान ५ बजेसम्मको समय दिएकोमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् ।

मारियोपोलमा धेरै सर्वसाधारण युद्धमा परेका छन् । त्यहाँ ठूलै हताहती भएपछि रुसले मान्छे निकाल्न हतियार राख्न युक्रेनलाई भनेको थियो । रुसी फौज मोरियोपोलको भित्री शहरमा छिरेर आक्रमण गररहेका छन् ।

युद्ध रोक्न सम्झौताको प्रयास भइरहेको छ । टर्की र इजरायलले यस्तो प्रयास गरिरहेका छन् । तर, युद्ध रोकिने छाँट देखिएको छैन ।

रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ । परमाणु बम बोक्न सक्ने उक्त मिसाइलको प्रयोग सफल भएको रुसको दाबी छ ।

रुसले युक्रेनको सैन्य अखडाहरु, हतियार निर्माण गर्ने प्लान्ट, विमान निर्माणको प्लान्ट ध्वस्त पारिदिएको छ । रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि समेत आक्रमणको धम्की दिएको छ ।

नाटो सैनिक यूरोपमा फैलन थालेका छन् । खतरनाक हतियारहरु यूरोपका विभिन्न देशमा जडान गर्न थालिएको छ । यसले युद्ध खतरनाक मोडतर्फ बढेको छ ।



प्रतिक्रिया दिनुहोस्