Logo

रुसी नौसेनाकी वरिष्ठ कमाण्डरको हत्या



एजेन्सी । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।

पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट- क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो ।



प्रतिक्रिया दिनुहोस्